जंगली च्याउ खाँदा आठ जना बिरामी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८, खानीगाउँमा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जंगली च्याउ खाएर आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार यहाँका ६५ वर्षीय टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जंगली च्याउ आइतबार राती करिब ९:०० बजेको समयमा पकाएर खाँदा बोमिट गरी सो संख्यामा बिरामी परेका हुन् ।

६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, नातिनीहरु १० वर्षीय दिपदिका थापा, १२ वर्षीय बिनिसा थापा, छोरीहरु ४२ वर्षीय सिर्जना काउछा र पाहुनाका रुपमा आउनुभएका ३९ वर्षीय गीता थापा जंगली च्याउ खाएर बिरामी पर्नुभएको हो ।

जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?