बाँके । विद्यालयको बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका आफन्तलाई विद्यालयले २१ लाख क्षतिपुर्ति दिने भएको छ ।
विद्यालय र मृतकका आफन्तबीच भएको सहमती अनुसार मृतक राप्ती सोनारी गाँउपालिका-९ का २६ वर्षिय गोविन्द वलीका परिवारलाई १५ लाख रुपैया र सो दुर्घटनामा मारिएका खसी बाख्राका धनिलाई बाँकि रकम उपलव्ध गराउने सहमती भएको हाे ।
विद्यालय र मृतकका आफन्तबीच आइतवार बेलुका सो सहमती भएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुर नगरपालिका-१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै खसी बाख्रा चराइरहेका वलीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोहि वसले २१ वटा खसी बाख्रा पनि मारेको थियो ।
बिहीबार बेलुका ५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट पूर्वतर्फ विद्यार्थी छोड्न गइरहेको समयमा सो घटना भएको थियो ।
बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच