मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।
आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि उहाँले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो ।
लगत्तै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।
सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच