बैतडी । बैतडीमा भिडियो एक्सरे मेसिन खरीद गर्न आर्थिक संकलन गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ मा अवस्थीत पञ्चेश्वर स्वास्थ्य चौकीका लागि भिडियो एक्सरे मेसिन खरीदका लागि चार लाख बढी रकम संकलन गरिएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीको नेतृत्वमा ४ लाख ६ हजार ५९४ रुपैँया संकलन भएको छ । एक हप्ताअघि भिडियो एक्सरे मेसिन खरीद गर्न सहयोगका लागि अपिल गरिएकोमा देश तथा विदेशमा रहेका नेपालीहरुबाट सो रकम सहयोग संकलन भएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले जानकारी दिनुभयो ।
गर्भवती आमाहरुको स्वास्थ्य जटिलता समयमा पत्ता लगाउन सकिने भिडियो एक्सरे मेसिनले सहज हुने स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो ।
गर्भ चेकजाँचका लागि स्वास्थ्यचौकीमा आउने आमाहरुलाई लक्षित गरेर भिडियो एक्सरे सेवा सञ्चालन गर्ने तयारी गरिएको हो । भिडियो एक्सरेले गर्भमा रहेको बच्चाको अवस्था र आमाको अन्य स्वास्थ्य अवस्थाको बिषयमा थाहा हुने गर्दछ । केही जटीलता देखिएमा सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सकिन्छ । यसले आमा र बच्चाको ज्यान जोगाउन मद्दत गर्ने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताउनुभयो ।
यसअघि पालिकामा एउटा मात्रै भिडियो एक्सरे मेसिन रहेको थियो । ६ स्वास्थ्य संस्था मध्ये कुनैमा पनि सो मेसिन नहुँदा दुई/ तीन घण्टा पैदल हिडेर पालिकाको केन्द्र आमचौरा पुग्नपर्ने बाध्यता रहेको थियो ।
सहयोग गर्न व्यक्तित्वहरुलाई धन्यवाद दिदैँ छिट्टै भिडियो एक्सरे मेसिन खरिद गरि सेवा सञ्चालन गरिने स्वास्थ्य चौकीले जनाएको छ । करीब ३ लाख ४० हजारको लागतमा भिडियो एक्सरे मेसिन खरीद गर्न सकिने सार्कीले जानकारी दिनुभयो । बाँकी रहेको रकमले अटोमेटिक इसीजी मेसिन खरीद गर्ने योजना रहेको छ ।
भिडियो एक्सरे मेसिन सञ्चालनका लागि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले तालिमको व्यवस्थापन गर्ने बताइएको छ ।
दुर्गमका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि आफूले सक्दो पहल गरिरहेको सार्कीले बताउनुभयो । भिडियो एक्सरे मेसिन खरीद अभियानमा समेत आफूसहितका स्वास्थ्यचौकीका कर्मचारीहरुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेका स्वास्थ्यचौकी प्रमुख सार्कीले यसअघि आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्यचौकीमा सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच