चितवन । चितवनको पर्यटन हात्ती सफारीमा निर्भर रहेको छ । हात्ती चढेर निकुञ्ज अवलोकनकै लागि स्वदेशी तथा विदेशी पर्यटक चितवन आउछन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको मुख्य आर्कषण नै हात्ती सफारी हो । तर पछिल्लो समय अधिकारका मुद्दाहरुलाई अगाडि सारेर हात्ती सफारीको विकल्प खोज्न सौराहाका व्यवसायीलाई दबाव सिर्जना भएको छ ।
व्यवसायीहरुले हात्ती विना सौराहाको पर्यटन अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकाल्दै आएका छन् । सोमबार १३औं अन्तराष्ट्रिय हात्ती दिवस मनाउन जुटेका संरक्षणकर्मीहरुले हात्तीको उपयोग र संरक्षणलाई संगसंगै अगाडि बढाउन व्यवसायीलाई सुझाब दिएका छन् । सौराहास्थित युनाईट हात्ती सञ्चालन सहकारी संस्थाले पर्यटनसंग सम्बन्धिव विभिन्न संघसंस्थासंग सहकार्य गरी हात्ती दिबस मनाएको हो ।
बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको छ । हात्ती संरक्षणको सन्देश प्रबाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केकसहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना र निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफुलबाट बनाइएको केक खुवाएर हात्ती दिबसको उद्घाटन गर्नुभएको थियो ।
िनकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सौराहामा निजी स्तरका हात्तीहरुलाई वनभोज स्वरुप मिष्ठान्न भोजन गराइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो ।
एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको उहाँले बताउनुभयो । ‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उहाँले भन्नुभयो, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’ उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो ।
अध्यक्ष खतिवडाले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसंग पैदलयात्र सुरु गरिएको बताए । अझै केही समय हात्ती सफारीको विकल्प छैन् उहाँले भन्नुभयो त्यही पनि हामीले हात्तीसंग पैदलयात्र भन्ने नयाँ कार्यक्रमको सुरुवात गरेका छौं । हात्ती दिवस मनाउन आयोजित कार्यक्रममा सौराहाका व्यवसायी तथा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती दिवसलाई राज्यले प्राथमिकता नदिएको भन्दै आगामी दिनमा दिबसको कार्यक्रम सरकारी स्तरबाट मनाउनु पर्नेमा जोड दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुनले हात्ती सफारीको विकल्प खोज्नुको साटो हात्तीको उपयोग र संरक्षणलाई ध्यान दिएर काम गर्नुपर्ने बताए । बासस्थानको अभावका कारण हात्तीको संख्या पछिल्लो समय घटदै गएको भन्दै यसलाई जोगाउन सरकार र व्यवसायी सकरात्मक हुनुपर्ने बताउनुभयो । हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै उहाँले धार्मिक आस्था र हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकरात्मक प्रभावलाई जनस्तर सम्म लैजानु पर्ने बताउनुयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । हात्ती पाल्नु चुनौतीपूर्ण काम हो उहाँले भन्नुभयो यसको उपयोग र संरक्षणसंगसंगै गर्नुपर्छ । निजी स्तरमा पालेका हात्तीहरुलाई चरिचरणको समस्या रहेको भन्दै उहाँले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपालमा ३५० को हाराहारीको जंगली हात्ती रहेको अनुमान छ । चितवनमा ५० वटा जंगली, निकुञ्जले पालेका ६० वटा र सौराहामा निजी स्तरमा पालेका करिक ६० वटा हात्तीहरु रहेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहासहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच