काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटे र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ ।
उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताउनुभयो ।
पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गर्नुभयो । गत वर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच