हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले गरेको कर वृद्धि विरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ। संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बुधबार व्यवसायिक भेला एवं पत्रकार सम्मेलन गर्दै चरणवद्व आन्दोलनको घोषणा गर्नुभएको हो ।
लामो समय व्यवसायरत व्यवसायीहरु कारोवारमा आएको सिथिलताको कारण निरास,कोही व्यवसाय छाडेर पलायन भइसकेका र कोही ऋणको भूमरीमा फसेको अवस्थामा करवृद्धि गराएको संघका अध्यक्ष गुप्ताको भनाइ छ।
बजारका कवल, सटरहरु खाली देखिन थालेको अवस्था र समग्रमा उद्योग/व्यवसाय धरासायी भएको अवस्थामा यसले भविष्यमा झन ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने त हैन भन्ने पूर्व संकेतको संशय पैदा भएको उहाँको बुझाइ छ।
हार्दिक हेटौडा उपमहानगर कार्यालयले आफैले डाकेको राजश्व परामर्श समितिको छलफलमा समेत विद्यमान आर्थिक प्रभावलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको राजश्व दर बृद्धि नगर्ने निश्कर्ष रहेपनि आफ्नो समितिको निर्णयलाई बेवास्ता गर्दै हेटौडा उपमहानगर कार्यालयबाट राजश्व दरमा अनाधिकृत रुपमा व्यापक बृद्धि गरि सर्वसाधारण, आम उपभोक्ता, घरधनी, निमार्ण व्यवसायी, होटल व्यवसायी, व्यापारी तथा सहकारीकर्मीहरुलाइ थप पीडित धरासयी बनाउन खोजेको सङ्हको ठहर रहेको बिग्यप्तीमा उल्लेख गरिएको छ ।
विद्यमान आर्थिक निरासा र उद्योगी व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको उल्लेखित १५० प्रतिशतसम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको सवै क्षेत्रमा वडेको कर तत्काल घटाइ यथास्थितीमा कायम गर्न संघले उपमहानगरपालिकालाई माग गरेको छ।
हेटौडा उपमहानगरपालिका समक्ष पटक पटक लिखित मौखिक माग गरि एकपक्षीय रुपमा विभिन्न शिर्षकमा भएको करको दर परिवर्तन नगरी यथा स्थितीमा राख्न गरिएको मागलाइ सुनुवाइ नभएको कारणले हामी वाध्यतावस आन्दोलनमा जान वाध्य भएको अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ।
चरणवद्व आन्दोलनको आज पहिलो दिन श्रावण २८ गते बस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनीतिक दल निकटका व्यापार व्यवसाय संग सम्बन्धीत भात्संगठन ता सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंग आन्दोलनको विषयमा छलफल कार्यक्रम व्यापारी भेला गरि आन्दोलनको तयारीको विषयमा छलफल तथा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको थियो।
श्रावण २९ गते कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दै माइकिग गर्ने तथा प्रचार प्रशार गर्ने गराउने र विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउ तथा विभिन्न क्षेत्र संग अन्तकृया गरिने छ ।
श्रवण ३० गते बुद्धचोक, मउवा संघ चोक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपुर्ण धर्ना/विरोध स्वरुप विभिन स्थानमा कालो व्यानर राब्बी नगरले गरेको कर वृद्धिको विरोध गरिने छ।
श्रावण ३१ गते हेटौडा नगरमा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गरिने छ।
श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आआफ्नो व्यापार व्यवसाय स्व स्फुर्त बन्द गरि हेटौडा उपमहानगरमा चाबी बुझाउदै नगरपालिक परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने जनाएको छ।
उपमहानगरलाई चावी हस्तान्तरण गरि नगरले गरेको विभिन्न कर वृद्धिको बिरोधमा सामुहिक मुद्धा दर्ता गराउने जनाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच