गुल्मी । गुल्मीमा अरिङ्गाल गोलो पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर - ५ आँपचौरका ३१ वर्षीय रमेश लामिछाने मगरको अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलका अनुसार आइतबार राति आँपचौरमा रहेको कफी विकास केन्द्रको बगैँचा नजिकको पिपलको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा लडेर अन्दाजी २० मिटर तल भुइँमा खसेर घाइते हुनुभएको थियो ।
घाइते हुनुभएका उहाँलाई उपचारको लागि आज सोमबार बिहान मिसन अस्पताल पाल्पा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको (डिएसपी) पोखरेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच