मुलुकको अर्थतन्त्र सुधार गर्ने नेतृत्व काँग्रेसले लिनुपर्छ : सांसद चौधरी

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले काँग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व  लिनुपर्ने बताउनु भएको छ। ।

सोमवार नेपाली काँग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा राख्नुभएको धारणाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताउनु भयो । उहाँले संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी नेपाली काँग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताउनु भयो ।

अब काँग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको सांसद चौधरीको धारणा थियो । अब नेपाली काँग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अल्मलिन नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र सजिलोसँग हेरे पनि अवस्था त्यस्तो छैन । नेपाली काँग्रेसले २०४८ सालमा गरेको नयाँ उदार अर्थतन्त्र निजी क्षेत्र निर्देशित अर्थतन्त्रबाट राज्यले परिवर्तन भोग्यो । त्यसैको भरमा अहिले राज्य चलिरहेको छ । अब सधैँभरी त्यसैको भरमा राज्य चल्न सक्दैन । त्यो कामको इतिहासमा नेपाली काँग्रेसलाई हेर्ने हो २००८ सालमा पहिलो बजेटमा बैक खोल्ने कुरा गरेको रहेछ ।  २००८ साल देखि अर्थतन्त्रलाई रुपान्तरण गर्ने क्रान्ति गर्ने पार्टीले अहिले आएर दोस्रो चरणको अर्थतन्त्र सुधार गर्न किन उदासिन देखिएको छ ।’ 
सांसद चौधरीले ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको बताउनु भयो । उहाँले कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको बताउनु भयो । उहाँले अब निजी क्षेत्रको लिड गर्ने पार्टी काँग्रेस बन्ने अवसर गुमाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषिको उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको छ भने कृषिमा निर्भर जनसंख्याको अनुपात अझै ५० प्रतिशतभन्दा बढी छ । यसले कृषि क्षेत्रमा जोडिएका जनताहरुको अवस्था कमजोर बन्दै गएको तथ्यलाई स्थापित गर्दछ ।’
उहाँले कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको बताउनु भयो । उहाँले मलको अभाव कहिल्यै हुन नदिन पेट्रोलियम पदार्थमा जस्तै सिधै जिटुजीमार्फत आयात गर्ने व्यवस्था गरी मलको अभाव हुन नदिन नहुने बताउनु भयो । उहाँले लामो अस्थिरतापछि अहिले स्थायी सरकार बन्ने लक्षण देखिएको बताउनु भयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर स्थायी सरकार बन्न लागेकाले सबैमा उत्साह र आत्मबल बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दुई वर्षदेखि राजश्वको वृद्धिदर २० प्रतिशत हुने गरेको थियो । तर त्यो भएको छैन । त्यो नहुनु भनेको अर्थतन्त्र संकुचित हुँदै गएको देखिनु हो । डेढ लाख भन्दा बढी विद्यार्थी विदेशमा डेढ खर्ब राज्यको खर्च गरेर गएका छन् । १ करोड भन्दा बढी नेपालीहरु बाहिर गइसकेका छन् । विमानस्थलमा ६ महिनाको साना नानी छाडेर जानुपर्दाको हृदय विदारक पीडा मैले पनि देखेको छु । युवाहरु विदेशमा कुनै खुशी भएर गएका होइनन् । मुलुकमा रेमिट्यान्स धेरै आउँछ तर त्यसभित्र सामाजिक द्वन्द्व ,सामाजिक पीडा र विचलन पनि लुकेको छ ।’

उहाँले वर्तमान सरकारले पुराना एजेण्डाहरुलाई छिटो सल्टाउँदै नागरिक र आम उद्योगी व्यवासायीहरुलाई नयाँ आशाको किरण दिन सक्नुपर्ने धारणा राख्नुभयो ।  सांसद चौधरीले मुलुकको राजश्व र निर्यात घटेको भन्दै उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको बताउनु भयो । उहाँले सरकारले राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले काँग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढे र अन्तरविरोध हटाउनसके मुलुकका लागि खुशीको कुरा हुने बताउनु भयो ।

उहाँले नयाँ लगानीका जतिसुकै आँकडा बाहिर आएपनि पुराना लगानीहरुलाई जेनतेन सम्पन्न गर्नेबाहेक नयाँ लगानीको शुरुवात हुन नसकेको समेत बताउनु भयो । उहाँले भ्यालु चेन र सप्लाइ चेन विखण्डित हुँदा मुलुकका राजश्व घटेको बताउनु भयो । उहाँले एकातर्फ कुल बजेट रकममध्ये विकास खर्चको अनुपात न्युन रहेको बताउनु भयो ।

उहाँले हालसालै सदनबाट पारित बजेटमा पनि विकास खर्च ३ खर्ब ५२ अर्ब मात्र विनियोजन भएको बताउनु भयो । उहाँले सरकारको विनियोजित रकमको खर्च पनि दयनीय रहेको बताउनु भयो । उहाँले ठूला—ठूला परियोजनाको काम अपेक्षाकृत हुन नसक्नु र नयाँ क्षेत्रमा लगानी हुन नसक्नु नै गम्भिर विषय भएको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?