एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगलका विंगर पेड्रो नेटोलाई अनुबन्ध गरेको छ । चेल्सीले उहाँलाई सात वर्षका लागि अनुबन्ध गरेको हो । पेड्रो यसअघि वुल्भ्सबाट खेलिरहनुभएको थियो । बेलायती सञ्चारमाध्यमका अनुसार चेल्सीले पेड्रोलाई पाँच करोड ४० लाख पाउण्ड (६ करोड ९० लाख अमेरिकी डलर) तिरेको छ ।
सन् २०१९ मा पोर्चुगिज क्लब ब्रागाबाट उहाँले डेब्यु गर्नुभएको थियो । त्यसयता नेटोले वुल्भ्सका लागि १३५ खेल खेल्दै १४ गोल गर्नुभएको छ भने २४ असिस्ट गर्नुभएको छ । उहाँले सिरी ए क्लब लाजियोमा पनि लोनमा खेल्नुभएको थियो ।
उहाँले पोर्चुगलका लागि १० क्याप प्राप्त गर्नुभएको छ र जर्मनीमा भएको युरोकपमा समूह चरणका तीनै खेल खेल्नुभएको थियो । ‘चेल्सीमा अनुबन्ध हुन पाउँदा साँच्चै आभारी छु । मैले यहाँ आउनका लागि आफ्नो क्यारियरमा धेरै मिहिनेत गरेको छु । चेल्सीको जर्सी लगाएर मैदान उत्रिन उत्सुक छु,’ उहाँले भन्नुभयो ।
चेल्सीले क्लोज सिजन ट्रान्सफर विन्डोमा अहिलेसम्म नौ खेलाडी अनुबन्धित गरिसकेको छ । चेल्सीले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्दै प्रिमियर लिग सुरुवात गर्नेछ । यी दुईबीचको खेल अगस्ट १८ मा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच