काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने तपाईंहरूलाई जानकारी गराउनु चाहन्छु,’ मन्त्री चौधरीले भन्नुभयो ।
उहाँले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री चौधरीले नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको सुनाउनुभयो ।
उहाँले सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षादीक्षा, जलवायुलगायतका महत्वपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताउनुभयो ।
‘सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षादीक्षा, जलवायुलगायतका महत्वपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँले दिगो विकासका लक्ष्य प्राप्तिका लागि मोबाइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्स विकासका महत्वपूर्ण साधन बनेको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । ‘दिगो विकासका लक्ष्य प्राप्तिका लागि मोबाइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्स विकासका महत्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक वातावरणीय आयामहरूमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागिसमेत आधार तय गर्दै गएको छ,’ मन्त्री चौधरीले भन्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रूपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिनुभयो । नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्छ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक छ । नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच