एजेन्सी । रुस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।
बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत जारी गरेको भिडियोमा क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गर्नुभएको छ । रुसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणका लागि यातायात पहिले नै पठाइएको जानकारी दिनुभयो । यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सीमामा विपक्षीका गतिविधि बढेको जनाउँदै बासिन्दालाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच