कराची । पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको निधन भएको छ । आइतबार हृदयाघातबाट उहाँको निधन भएको हो । उहाँको पार्टनरसमेत रहनुभएकी बहिनी जेब बंगाशले इन्सटाग्राम पोष्टमार्फत हानियाको निधनको पुष्टि गर्नुभएको हो ।
दुईजना मिलेर संगीतहरू सिर्जना गर्नुहुन्थ्यो । पाकिस्तानको कोक स्टुडियोबाट उहाँहरूले चर्चा कमाउनुभएको थियो । यसमा उहाँहरूको चर्चित गीत ‘चल दिए’ सामेल छ ।
सोमबार बिहान जेबले इन्सटाग्राममा हानियाको तस्वीर शेयर गर्दै श्रद्धाञ्जलि दिनुभएको थियो । हानियाको जन्म कराँचीमा भएको थियो । उहाँले अमेरिका र बेलायतमा अध्ययन गर्नुभएको थियो । उहाँले क्यानडामा अडियो इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको थियो । आलिया भट्टको हिट चलचित्र ‘हाइवे’को ‘सूहा साहा’ गीत गाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच