काठमाडौं । गीतकार टीका चामलिङलाई उपचार सहयोग गरिएको छ । क्यान्सर पीडित टीकालाई उपचार सहयोगका लागि चार लाख पैतिस हजार ७३९ रुपैयाँ हस्तान्तरण गरिएको हो । हङकङमा रहनुभएका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा हङकङमा संकलन भएको सहयोग रकम चार लाख र गीतकार संघ नेपालमा संकलन भएको ३५ हजार ७३९ रुपैयाँ गरी जम्मा चार लाख ३५ हजार ७३९ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्तबित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, र डा.भक्त राईले गीतकार चामलिङको निवास भक्तपुरमा पुगेर रकम हस्तान्तरण गर्नुभएको थियो । यसअघि गीतकार संघ नेपालले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा