काठमाडौं । नेपाली सांगीतिक उद्योगमा परिचित नाम हो दिनेश शिवशंकर । उहाँ नयाँ पुस्तामा लोकप्रिय हुनुहुन्छ । विसं २०६६ मा राम्रो अंक ल्याएर एसएलसी गर्नुभएका उहाँ उच्च शिक्षा अध्ययनका लागि धुलिखेलस्थित सञ्जीवनी कलेज भर्ना हुनुभयो र त्यहाँबाटै २०७० मा कक्षा १२ पूरा गर्नुभयो । त्यसपछि थप अध्ययनसँगै कुशल संगीतकार बन्ने आफ्नो सानैदेखिको सपना साकार पार्ने बाटोमा औपचारिक रूपमै लाग्नुभयो । ‘हुन त म एसएलसी पास भएबाटै अंग्रजहरूको संगतले अनौपचारिक तवरले यस क्षेत्रमा प्रवेश गरेर सिक्न थालेको हुँ । पछि यसैमा रस बस्दा भविष्य नै खोज्ने निधोमा पुगें’ दिनेश सन्तुष्टि व्यक्त गर्नुहुन्छ ।
हुन पनि संगीतकार क्षेत्रप्रति पछिल्ला दिनमा आकर्षण बढ्दो छ । यद्यपि दक्ष संगीतकार भने औंलामा गन्न सकिनेछन् । यही परिवेशमा दिनेशको कामप्रतिको दक्षताले राम्रो स्थान पाएको छ । ‘यही पक्षलाई मध्यनजर गरेर मैले यो पेशा अपनाएँ, अहिले बेग्लै पहिचान पनि बनेको छ,’ उहाँ गौरव गर्नुहुन्छ, ‘सञ्चार, प्रविधि र मनोरञ्जनको माध्यमले साँघुरिँदै गएको दुनियाँमा संगीतकार आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । मानसम्मान र पारिश्रमिक पनि राम्रो हुन्छ ।’
व्यावसायिक ढंगले संगीतकार लागेको करिब एक दशकको यसअवधिमा दिनेशले झण्डै एक सय गीतमा आफ्नो क्षमता प्रस्तुत गर्नुभएको छ, जसमा आधुनिक, लोकदोहोरीलगायत गीत छन् । उहाँले ‘मुटुको घाउ..., तिम्रो दिलमा फुल्नै सकिन..., बुलेट बुलेट ठिटी.., कसले मर्म बुझ्छर पीर व्यथाको..., अन्त नजर लाउन छोड्ने छ..., कति डर दिने हौ भगवान्..., कलियुगको प्रेम..., भाइ टीकामा चेलीको आशिषले...’,लगायत बोलका गीतबाट उहाँले प्रख्याति कमाउनुभएको छ ।
मिहिनेत, लगनशील, समर्पण र निरन्तरताले नै सफलताको बाटो तय गर्ने धारणा राख्नुहुने शिवशंकर यो क्षेत्रमा आफ्नै राजमार्ग निर्माण गरेर निरन्तर यात्रा गरिरहनुभएको । उहाँले यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न सम्मान, अवार्ड र पुरस्कार पाउनुभएको छ । विभिन्न सामाजिक संघसंस्थामा आजीवन सदस्य तथा सदस्य रहनुभएका उहाँले आफूलाई समाजिक कार्यमा पनि सक्रिय राख्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच