काठमाडौं । भदौको १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वर एन्ड बधू’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोष्टरमध्ये दुईवटा पोष्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोष्टरमा भने चलचित्रका अधिकांश कलाकारहरूलाई समेटिएको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, सृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सीता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायतका कलाकारको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुनुहुन्छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी छ । चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ । चलचित्र रोमान्टिक कमेडी जनरामा निर्माण भएको निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच