काठमाडौं । जगदम्बा मोटर्स नेपालले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कार जित्न प्रोत्साहन गर्ने रहेको छ ।
उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्मभन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताले सूचना आदान–प्रदान गर्न, मानिससँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टमार्फत् पनि आम्दानी गर्ने अवसर प्राप्त गर्छन् । कम्पनीका अनुसार प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरका लागि सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो ।
टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले प्रतियोगिताका लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताउनुभएको छ भने पोस्टामका प्रमुख कार्यकारी अधिकृत र सह-संस्थापक रोनिश दाहालले प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरका रूपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरलाई मद्दत गर्ने बताउनुभएको छ । कन्टेन्टको क्वालिटी र इंगेजमेन्टका आधारमा टप सयजना छनोट हुने आयोजकले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच