काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आहृवान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो ।
सामाजिक परिवर्तनका लागि नवीनतम् सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीका लागि निःशुल्क तालिमका लागि आवेदन खुला गरेको हो ।
कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा छ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरू मेन्टर्सको सहयोगमा व्यावहारिक चुनौतीको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्ने बैंकले जनाएको छ ।
हालसम्म नबिल एसएसईअन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसर सिर्जना भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच