काठमाडौं । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स हिमालय एयरलाइन्सले आगामी अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्ने भएको छ । यात्रुको आवश्यकता पूरा गर्नेे प्रतिबद्धता र कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक माग सम्बोधन गर्दै हिमालय एयरलाइन्सले सिधा उडान पुनः सञ्चालन गर्न लागिएको जनाएको छ । एयरलाइन्सका अनुसार काठमाडौं-कुवेत-काठमाडौंमा पुनः सुरु गरिएको उडानले हाम्रो एयरलाइन्सको दुई राष्ट्रका नागरिक-नागरिकबीचको सम्बन्ध मजबुत बनाउने, पर्यटन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्छ ।
कुवेतका लागि जनरल सेल्स एजेन्टका पार्टनरमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरिएको पनि एयरलाइन्सले जनाएको छ । सुरु काठमाडौं-कुवेत-काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन हुने र मागका आधारमा उडान थप्दै जाने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच