काठमाडौं । साताको पहिलो दिन आइतबार नयाँ रेकर्ड बनाएको सेयर बजारले सोमबार अघिल्लो दिनको उच्च कारोबारको रेकर्ड तोडेको छ । सोमबार एक सय ७१ कम्पनीको मूल्य बढ्दा २७ अर्बभन्दा बढीको कारोबार भएको हो, जुन हालसम्मकै उच्च हो ।
आइतबार २५ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । सोमबार नेप्से ७०.८१ अंक बढेर २९३१ अंकमा पुगेको छ । कारोबारमा आएका कुल एक सय ७१ कम्पनीको मूल्य बढ्दा ६८ वटाको घटेको छ भने तीनको स्थिर रहेको छ । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बिमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बिमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेको छ भने लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा तथा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण कावेली, आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ भने कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच