काठमाडौं । डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् ।
साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच