जुम्लाका ६ हजार ६६५ घरधुरी विद्युत्‌काे पहूँचमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये पातारासी गाउँपालिका बाहेक यहाँका सात पालिकाका करिब ६ हजार ६६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको छ ।

जिल्लाको तिला गाउँपालिका वडा नम्बर ८ र ९ मा केन्द्रिय लाइनको विद्युत विस्तार हुन सकेकोछैन । बाँकी सबै वडाका घरधुरीमा विद्युत्‌काे पहूँचमा पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख राम आशिष शाहले जानकारी दिनुभयो ।

त्यस्तै सिंजा गाउँपालिका-३ मा रहेको नराकोट बजारमा विद्युतको लाइन पुगेको छ । वाँकी वडामा पुग्न सकेको छैन । हिमा गाउँपालिकाको- २ र ६ बाहेक अरुसबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको वितरण केन्द्र जुम्लाका प्रमुख शाहले भन्नुभयो,“ यहाँको कनकासुन्दरी गाउँपालिकाको-३,५,६ र ८ वडामा विद्युत पुगिसकेको छ ।

तातोपानी गाउँपालिका-४ बाहेक बाँकी सबै वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।” गुठिचौर गाउँपालिकाका सबै वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ । जिल्लामा कुल जनसंख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रिय विद्युत सेवाको पहूँचमा पुगेको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख शाहको भनाइ छ ।

यो वर्ष केन्द्रिय कार्यालयबाट नयाँ विद्युत विस्तारका कुनै पनि कार्यक्रम अहिलेसम्म आएका छैन । यहाँका ग्रामीण गाउँसम्म विद्युतीकरण गर्नेका लागि प्राधिकरण लागि परेको छ ।

पातारासी गाउँपालिकाको-१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत आयोजनाको ९९८ किलोवाट विद्युत् लाइन मार्फत जिल्लाभर अहिले विद्युत् सेवा संचालन भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । पहिला भन्दा अहिले विद्युत्‌ लाइनमा धैरै सुधार आएको जुम्लाका स्थानीयवासि बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?