काठमाडौं । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गर्नुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताउनु भयो । उहाँले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एण्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्युको नियतवश अपमानजनक व्यवहारले हामी दुःखित भएका छौँ । यस्तो व्यवहार अबदेखि कुनैपनि मन्त्रालयबाट नहोस् ।’
उहाँले मन्त्रालयका सचिवले नै नियतवश अपमानजनक व्यवहारले दु:खि तुल्याएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच