काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइन विवादमा आफ्नो चरित्र हत्या भएको गुनासो गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पोखरेलले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउनेगरी चरित्र हत्या भएपछि सदनमा बोल्न बाध्य भएको बताउनु भयो।
‘म सार्वजनिक लेखा समितिको सभापति । सभापतिको रुपमा म यहाँ नबोल्नुपर्थो तर,मेरो चरित्रहत्या हुनेगरी म विरुद्ध प्रचार भएपछि सत्यतथ्य मैले बोल्नैपर्छ । त्यसैले म यहाँ बोल्न उपस्थित भएको छु’ उनले भने ।
सांसद पोखरेलले महालेखा कार्यालयको लगातार ६ वर्षसम्म अर्बौं वक्यौता देखिएपछि सार्वजनिक लेखा समितिले छलफल गरेको जिकिर गर्नुभयाे ।
‘महालेखाको प्रतिवेदन ५६ औंदेखि ६१औं सम्म लगातार वेरुजु वक्यौंतामा उल्लेख छ । महालेखेको प्रतिवेदन संसदीय इतिहासमा सन्सारभरी कुन समितिमा छलफल हुन्छ । त्यो महालेखाको प्रतिवेदलनमा उल्लेख भएको वेरुजुबारे संसद्को सार्वजनिक लेखा समितिमा छलफल गर्नु पर्छ कि पर्दैन रु त्यसकारण ६१औं प्रतिवेदनमा २१ अर्ब ८१ करोड बेरुजु वक्यौता देखिन्छ । महालेखाको प्रतिवेदनमा उल्लेखित वेरुजुहरु छलफल गर्ने सार्वजनिक लेखा समितिले नै हो भन्ने संसदीय अभ्यास रहेको छ । सार्वजनिक लेखा समितिले नै छलफल गर्नुपर्छ भन्नेकुरा दुनियाँले बुझेको विषय हो । तर,बीचमा लामो समयसम्म मानीयज्यूहरुले यो विषयमा प्रश्न उठाउनुभयो । यसबारेमा छलफल गरिअोस् एजेण्डा बनाओस् भनेर माग गर्नुभयो’ उहाँले भन्नुभयाे।
विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग बनाएर १६ अर्ब छुट दिएको आरोप लगाउनु भयो । उहाँले महालेखाको प्रतिवेदनले २१ अर्ब उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोइ भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले सार्वजनिक लेखा समितिमा छलफल नै नगरी सरकारले महशुल दिएको भन्दै आपत्ति जनाउनु भयो। पोखरेलले कानून, तथ्य र प्रमाण नजुटाइ आफूहरु कुनै निर्णयमा नपुग्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच