ओखलढुंगा । ओखलढुंगा जिल्ला मोलुङ्ग गाउँपालिका–२ मा पर्ने पैह्रे खोला आधा वर्ष अर्थात करिब ६ महिना चर्चाको शिखरमा पुग्ने गरेको छ । पानी पर्ने समय शुरु भएदेखि पानी पर्ने समय नसकिने बेलासम्म यसको चर्चा हुने गरेको हो ।
पानी पर्नासाथ ढुंगा, मुढा, माटोको लेदो आई यातायातका साधन लगायत मान्छेहरु वारपार गर्न सक्दैनन् । यो क्रम करिब असार महिना देखि असोज महिना सम्म निरन्तर चलिरहन्छ । लेदोले यातायातका साधन लगायत बाटो हिड्ने बटुवालाई रोक्न थाले पछि यसको चर्चा शुरु हुन्छ । र हिउँद लागेर पानी पर्न छोडेपछि यसको चर्चा सेलाउँदै जान्छ । हिउँदको समयमा एक थोपा पानी पनि हुँदैन भने वर्षाको समयमा पनि ढुंगामाटोको लेदो मात्रै बगिरहन्छ ।
स्थानिय सरकारका प्रमुखदेखि सांसदहरु समेतले यो खोल्साको नाम लिएर भाषण गर्ने, मोटरेबल पूल निर्माण गरिहाल्ने आश्वासन दिने गरेका छन् । तर जनताको समस्या भने जाहाँको त्यहीँ छन् । प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सांसद माननीय प्रदिप कुमार सुनुवार र संघिय सांसद माननीय रामहरि खतिवडा चुनाव जिते लगतै उक्त खोलामा उपस्थित भएर मोटरेबल पुल निर्माण शुरु गर्ने बताएको तर अहिले सम्म पनि पुल निर्माणको कुनै छाँटकाँट नभएको गुनासो नागरिकले गरेका छन् । ओखलढुंगेली जनतालाई पैह्रेले दिएको पिँडालाई मल्हम लगाउनुको सट्टा नुन चुक लगाईदिएको गुनासो गरेका छन् ।
जिल्लाका ५ वटा स्थानिय तहका नागरिकहरुले यो सडक प्रयोग गरेर जिल्ला सदरमुकाम लगायत राजधानी काठमाण्डौ र तराई जिल्लाहरुमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । मोलुङ गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकाका २ वटा वडाका नागरिकहरु यो सडकको प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । खिजीदेम्बा र लिखु गाउँपालिकाले बैकल्पीक सडकको रुपमा रामेछापका विभिन्न सडकहरु प्रयोग गर्दै सदरमुकाम आउने गरेका छन् । मोलुङका नागरिक र चम्पादेवीका अधिकाँस नागरिकले यो सडक प्रयोगको बिकल्प छैन । रामेछापको मन्थली हुदै खुरकोटको सडक प्रयोग गरेर सदरमुकाम आउने खिजीदेम्बा र लिखुका नागरिकलाई सरदर दुइ दिन लाग्ने गरेको छ । ढाडे, सिरिसे, सालु देउराली मन्थली, खुर्काेट हुँदै सदरमुकाम आउनेहरुलाई एक दिनमा आइपुग्ने संभावना रहन्छ । उहाँहरु खुर्काेट आएर काठमाण्डौबाट आएका सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । यदि खुर्काेटमा काठमाण्डौबाट आउने सवारीसाधन नेभेटेको खण्डमा एक दिन त्यहि बस्नु पर्ने हुन्छ । खिजीदेम्बाका नागरिकहरु भने बेलुका खुर्कोट बास बसेर भोलीपल्ट काठमाण्डौबाट आएको सवारीसाधन प्रयोग गरी आवतजावत गरिरहेका छन् ।
मोलुङ्ग गाउँपालिकाबाट प्रत्येक दिन काठमाण्डौका लागी विहान बस छुट्ने गरेको छ भने अन्य साना गाडीहरु पनि प्राय दिनभरी नै सन्चालन भईरहेका हुन्छन् । प्रदेश राजधानी विराटनगर लगायत तराईका अन्य जिल्लाहरुका लागि पनि सवारीका साधनहरु यहि सडक भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
आर्थीक वर्ष ७९/८० मा पुल निर्माणका लागि प्रदेश सरकारबाट बहुवर्षे योजना स्वीकृत भएको थियो । आर्थीक र प्राविधिक प्रस्ताव पास भई टेन्डरको सुचना समेत जारी भएको थियो । २०८० साल बैशाख १३ गते टेन्डरको सुचना निकालिएको थियो । जेठ १२ गते प्राविधिक प्रस्ताव खोलिएको थियो भने ४ वटा फर्मले प्रस्ताव पेश गरिसकेका थिए । प्रस्तावको मूल्याँकन भई आर्थीक प्रस्ताव खोल्ने सुचना जेठ २९ गते जारी भएको थियो ।
जिल्ला पुर्वाधार कार्यालय ओखलढुंगाले सुचना जारी गरी निर्माण कम्पनीहरु सँग प्रस्ताव समेत लिईसकेको थियो । निर्माण कम्पनीबाट प्रस्ताव लिईरहेकै बेलामा प्रदेश सरकारले बजेट कटाउने निर्णय गरेको थियो । करिब पौने ३ करोड लागतमा निर्माण सम्पन्न हुने गरी टेन्डर आव्हान गरिएको र प्रदेश सरकारले बजेट नपठाउने निर्णय गरेपछि पुन निर्माण कार्य अनिश्चि भएको थियो । सडक निर्माण भएको करिब १७/१८ वर्ष हुँदा पनि यहाँ पुल निर्माण हुननसक्दा ओखलढुंगाका हजारौ नागरिकहरुले दुख भोगीरहेका छन् । रामेछापको साँघुटार, ओखलढुंगाको घोराखोरी, सिलुङ साइदुवा कोषभन्ज्याङ्ग हुँदै सदरमुकाम आउने जिल्लाको मुख्य सडक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच