काठमाडौं । महिला सुरक्षा दबाव समूहले निर्मला कुर्मीलाई न्याय दिन र रुबी खानसहितका अधिकारकर्मीको माग सम्बोधन गर्न आग्रह गरेको छ ।
कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई प्रदेश मन्त्री बनाएको भन्दै दबाब समूहले विरोध गर्दै आएको छ ।
मन्त्री कुर्मीलाई पदबाट हटाउन तथा मुद्दा तत्काल अदालतमा पु¥याउन माग गर्दै आरोपितलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाएपछि रुबी खानसहितका अधिकारकर्मी नेपालगञ्जदेखि काठमाडौं आएर निरन्तर धर्नामा बसिरहेछन् । धर्ना कार्यक्रममा महिला सुरक्षा दबाव समूहले निरन्तर ऐक्यबद्धता गर्दै आएको छ ।
यसैक्रममा आज माइतीघर मण्डलामा संस्थाका अध्यक्ष कल्याणी शाहको नेतृत्वमा सचिव बैजयन्ती कार्की सहितका अन्य पदाधिकारीहरु र कर्मचारी तथा संञ्जाल संस्थाहरु बिश्वास नेपालका अध्यक्ष सहितको समूह, एट्वीन वाट बेनुमाया गुरुङ्ग त्यसै गरी महिला आधारशीलालगायत संघ संस्था तथा व्यक्तिहरुको मण्डलामा दिउँसो १२ बजे देखि ३ घण्टासम्म सहभागिसहित ऐक्यबद्धता धर्ना कार्यक्रममा भएकाे थियाे ।
ऐक्यबद्धतासहित उनीहरुले निर्मला कुर्मीलाई न्याय र रुबी खानको पक्षमा समय अवधिभर नाराबाजी समेत गरेका थिए ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको छ ।
उहाँ प्रदेशसभाको उम्मेदवार बन्ने बेलामा पनि विरोध भएको थियो । तर, कांग्रेस(माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नं ३(२)बाट निर्वाचित हुनुभएको थियो ।
नेपालगन्ज–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हड्प्नुमा कुर्मीको संलग्नता रहेको भन्दै बाँकेकै अधिकारकर्मी खानले निरन्तर आन्दोलन गर्दै आउनु भएको छ ।
कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच