लण्डन । इंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स द हन्ड्रेडको खेलमा गम्भीर घाइते हुनुभएको छ । घाइते भएपछि उहाँले श्रीलंकाविरुद्धको टेस्ट शृंखला गुमाउने सम्भावना बढेको छ । द हन्ड्रेडअन्तर्गत आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा रन लिने क्रममा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो । ‘चोट निकै गम्भीर देखिन्छ, स्क्यानपछि मात्र विस्तृत जानकारी प्राप्त हुन्छ,’ सुपरचार्जर्सका कप्तान हृयारी ब्रुकले भन्नुभयो ।
ओपनिङमा आउनुभएका स्टोक्स चार बलमा दुई रन बनाउँदा चोट लागेपछि रिटायर्ड हर्ट हुनुभएको थियो । फिल्डबाट बाहिर निस्कन उहाँले मेडिकल स्टाफको काँधमा सहारा लिनुपरेको थियो ।
स्टोक्सले शृंखला गुमाएको खण्डमा उपकप्तान ओली पोपले टोलीको नेतृत्व सम्हाल्ने सम्भावना छ । यसैगरी जोर्डन कक्सले मौका पाउन सक्ने बताइएको छ । तीन खेलको टेस्ट शृंखला अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच