लण्डन । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले डिफेन्डर ताकेहिरो तोमियासुबिना मैदानबाहिर रहने बताउनुभएको छ । तोमियासुको चोटबारे आर्टेटाले भन्नुभयो, ‘उनी एक हप्तापछि मैदान फर्किन सक्नेछन् । त्यतिन्जेल उनले धैर्य राख्नुपर्छ ।’ २५ वर्षीय तोमियासु चोटका कारण आर्सनलको प्रि-सिजन टुरबाट बाहिरिनुभएको थियो भने आइतबार लण्डनमा लियोनमाथि २-० को जित निकाल्दा पनि उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।
नेदरल्याण्ड्सका डिफेन्डर जुरियन टिम्बरले घुँडाको चोटका कारण आइतबारको खेल गुमाउनुभएको थियो । तर, अर्को साता पुनः पहिलो टोलीमा सामेल हुने अपेक्षा गरिएको अर्टेटाले बताउनुभयो । गत सिजनको उपविजेता आर्सनलले शनिबार घरेलु मैदानमा उल्भरहृयाम्पटन वान्डरर्सविरुद्ध खेल्दै प्रिमियर लिगको पहिलो खेल खेल्दैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच