काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्लेअफबाटै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग दुई-एक गोल अन्तरले पराजितहुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको हो । पारोले भने एएफसी च्यालेन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको छ । अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई स्तरब्ध पार्दै अघिल्लो चरणमा पुगेको हो ।
खेलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । खेलको पहिलो हाफ एक-एक को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा विलियन ओपुकुको गोल नै पारोका लागि निर्णायक बन्यो । खेलको ६७ औँ मिनेटमा विलियन ओपुकुको गोलमा पारो एफसीले अग्रता दोब्बर पार्यो ।
त्यसअघि खेलको ६२ औँ मिनेटमा मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरिएको थियो । पहिलो हाफको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो । एरिक विष्टको लामो क्रसमा मोसेसको पासमा लाकेनले बललाई पोष्टको जाली चुमाउनुभएको थियो । लगत्तै किंगाको गोलमा पारो बराबरीमा फर्किएको थियो ।
त्यसअघि खेलको नवौं मिनेटमा पारोका प्रहार पहिलो बारमा लाग्दै फर्किएको थियो । खेलको १० औं मिनेटमा एरिक विष्टको शसक्त प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा चर्च ब्वाइजले सुरुवाती अग्रता बनाउने मौका गुमाएको थियो ।
१३ औं मिनेटमा आयुष घलानको प्रहार पारोका डिफेन्डरले क्लीयर गरिदिनुभएको थियो । खेलको १८ औँ मिनेटमा चर्च ब्वाइजले गोल गरेपनि त्यसअघि नै रेफ्रिले अफसाइडको संकेत गरेका थिए ।
खेलको २४ औँ मिनेटमा पारोका कप्तान केसुके होन्डाको फ्रिकीक चर्च ब्वाइजका डिफेन्डरले क्लीयर गरिदिएका थिए । २५ औँ मिनेटमा डिबक्स नजिकैबाट केसुकेको फ्रिकीक चर्च ब्वाइजका खेलाडीले सहजै क्लीयर गरिदिए ।
खेलको ३० औँ मिनेटमा होन्डाको सशक्त फ्रिकीक सेकेण्ड बारमा लागेर फर्किदा पारोले अग्रता बनाउने मौका गुमायो । ३७ औँ मिनेटमा एरिक विष्टको कर्नरमा सनिष श्रेष्ठको हेडर सफल हुन सकेन ।
जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।
भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच