काठमाडौं । शिव कैलाश कला मन्दिरको तेस्रो उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेश्नल प्याब्सन टोखाका अध्यक्ष बलराम भट्टको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
बरिष्ठ कलकार तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष शिवहरि नेपाल बैरागीको विशष्ठि आतिथ्यता रहेको कार्यक्रममा पिस नेपाल कल्चर ग्रुपका अध्यक्ष श्याम खड्की, नृत्य निर्देशक अच्युत घिमिरे, पिन्सिपल नेपालका सचिव शंकरप्रसाद भट्ट, तार्केश्वर शिक्षा शाखाका पदम खत्री, विभिन्न स्कुलका प्राध्यापक आतिथ्यता रहेको थियो ।
कार्यक्रमको निर्णयकमा वरिष्ठ नृत्य निर्देशक केपी पौडेल, नृत्य निर्देशक तथा लोक नृत्य खोजकर्ता सुनिल थापा, नृत्य निर्देशक भावाना कार्की, नृत्य निर्देशक नायिका तथा गयिका सरिका घिमिरे, नृत्य निर्देशक पूजा ढकाल रहनुभएको थियो ।
क्युपिट स्कुल बनियाँटार, गिनिज पब्लिक स्कुल धर्मस्थली, काठमाडौं लिकंन स्कुल तार्केश्वर, सभ्यता पाठशाला रानीवन, रेडन स्कुल सामाखुसी, नाम्स स्कुल गोगबु, लालीगुराँस विद्यासधन स्कुल धर्मस्थली, सौर्यदीप स्कुल वनस्थली, किड्स केयर बानियाटार, नमोबुद्घ स्कुल धापासी, ल्याण्डमार्क स्कुल साङ्ला, मिलन धर्मस्थली स्कुल काभ्रेस्थली, इडु समिट बानियाँटारलगायतका स्कुलका भाइबहिनीले कार्यक्रमा भाग लिएका थिए ।
विगतका दुई संस्करण जस्तै तेस्रो संस्करण पनि भव्य रूपमा सम्पन्न भएको आयोजक संस्था शिव कैलाशका अध्यक्ष नारायण रिजालले बताउनुभयो । प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । सहभागी र प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी विजेता तथा विद्यालयलाई ट्रफी, मेडल सर्टिफिकेट प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच