काठमाडौं । अभिनेता रमित ढुंगानाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोष्टरमा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोष्टरमा सांसद ज्ञानेन्द्र शाहीसँगै चलचित्रका मुख्य कलाकार समावेश गरिएको छ । यसअघि सार्वजनिक पोष्टरमा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेटिएको थियो ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार हुनुहुन्छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय छ ।
‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीका अलावा पूर्वप्रधानमन्त्री नेपालसँगै ‘सांसद द्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय छ । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जे, आर शर्मालगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय छ । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको गायक तथा संगीत र किरण दाहालको एक्सन छ ।
भदौ ७ गतेदेखि सिनेमाघरमा आउन लागेको यो चलचित्र एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रको कथा शिवम् अधिकारीले लेख्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच