काठमाडौं । जितु नेपाल र दीपकराज गिरीको चलचित्र एकै मितिमा सिनेमाघरमा आउने भएका छन् । जितु अभिनित चलचित्र ‘ज्वाइँ साब’को मंगलबार पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय भएसँगै दीपक र जितुका चलचित्र एकैदिन सिनेमाघरमा आउने भएका हुन् । सोमबार दीपक अभिनित चलचित्र ‘छक्का पञ्जा-५’को पहिलो गीत सार्वजनिक गरिएको थियो । यी दुवै चलचित्र असोज २४ फूलपातिमा सिनेमाघरमा आउने भएका हुन् ।
फूलपातिमा यी दुई चलचित्रमात्र होइन, अभिनेता विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ पनि यही मितिमा सिनेमाघरमा आउने तयारीमा छ । तर, यसको औपचारिक प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
‘ज्वाइँ साब’को पोष्टरमा जितु र अभिनेत्री नीति शाह बेहुला-बेहुलीको पहिरनमा देखिनुभएको छ । एउटामा जितु चढेको डोली बुद्धि तामाङ र हिमेश पन्तले बोक्नुभएको छ । नीति भने घुम्टो समातेर मुस्कुराएको भावमा प्रस्तुत हुनुभएको छ । उहाँ भने डोलीमा चढ्नुभएको छैन् । पोष्टर हेर्दा जितु र नीतिको विवाहको कथामा चलचित्र केन्द्रित रहेको बुझिन्छ । चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्नुभएको हो ।
राजकुमार पण्डितको प्रस्तुति रहेको यस चलचित्रमा शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आलेलगायतको पनि अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । चलचित्रको निर्मातामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहनुभएको छ ।
हास्य कलाकारहरूबीच द्वन्द्व छैन : केदार घिमिरे
यसैबीच कलाकार केदार घिमिरे (माग्ने बुढा)ले हास्य कलाकारका सिनेमा नजुध्ने बताउनुभएको छ । चलचित्र ‘ज्वाइँ साब’ पनि ‘छक्का पञ्जा-५’ रिलिज हुने दिन नै प्रदर्शन हुने भएपछि केदारले यस्तो दाबी गर्नुभएको हो । ‘ज्वाइँ साब’ पनि ‘छक्का पञ्जा-५’ रिलिज हुने असोज २४ गते रिलिज हुने भएपछि केदारले हास्य कलाकारहरूबीच द्वन्द्व नरहेको भन्दै संवादमार्फत छुट्टाछुट्टै समयमा आउने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हास्य कलाकारहरूका बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन । यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।’
दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा)र जितु नेपाल (मुन्द्रे) एकपछि अर्को हिट सिरिज दिँदै गएको यो टिम ‘छक्का पञ्जा’ बाट चलचित्र क्षेत्रमा उदाएको हो । पछिल्लो समय ‘छक्का पञ्जा’को टिमबाट जितुले हात झिकेपछि उहाँहरूका सम्बन्धबारे विभिन्न टिकाटिप्पणी सुरु हुन थालेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच