ललितपुर । बी एण्ड बी अस्पतालले नेपालमा पहिलोपटक सफलतापूर्वक रोबोटिक शल्यक्रिया सुरुवात गरेको छ, जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने अस्पतालले जनाएको छ । बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ ।
अस्पतालका अनुसार अत्याधुनिक शल्यक्रिया प्रविधिले सूक्ष्म शल्यक्रिया प्रक्रियालाई पनि अत्यन्त सटिकतासाथ सम्भव बनाउँछ, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुन्छ । उच्च प्रशिक्षित सर्जनद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ ।
बी एण्ड बीका प्राडा जगदीशलाल वैद्यले भन्नुभयो, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो । रोबोटिक शल्यक्रियाले शल्यक्रिया प्रक्रियाको गुणस्तरमात्रै बढाउँदैन, परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समय पनि कम गर्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच