काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमति लगायतका नदिहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गर्नुभएको छ ।
उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै बाग्मती, विष्णुमतिलगायतका नदिहरुमा सफा पानी बगाउन अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका बारेमा राय लिनुभएको हो । सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदिहरुलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तिव्र पार्नुभएको छ ।
‘नदिमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भएपनि नदिमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ यसमा विज्ञहरुको सुझाव राम्रा सुझावहरु आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरु कार्यक्रमहरु के के गर्न सकिन्छ गरौंला ।’
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताउनुभयो । सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमार्डौंका नदिहरुमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राख्नुभएको थियो । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालिन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राख्नुभएको थियो भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताउनुभएको थियो ।
पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदिमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल शुरु गर्नु सकारात्मक रहेको बताउनुभयो । ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदि सफाई, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागि गराउनुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच