खोटाङ । मानसिक सन्तुलन गुमाएकी खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी हुलाकी टोल बस्ने ४४ वर्षीया राधा राईले नेपाली नागरिकता पाउनुभएको छ ।
२०३७ साल असार २५ गते जन्मिएकी राधाले साउन ३० गते बंशजका आधारमा नागरिकता पाउनु भएको हो ।
राधालाई नागरिकता दिन इलाका प्रशासन कार्यालय खोटाङबजारका कायम मुकायम शाखा अधिकृत मोहन बहादुर राई, लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजी, सूचना परामर्शकर्ता युवराज विक र इलाका प्रशासन कार्यालय खोटाङबजारकै कर्मचारी रामबाबु घिमिरे राधाको घर पुग्नु भएको थियो ।
गत साउन २४ गते खोटेहाङ गाउँपालिकाले राधालाई पूर्ण अपांगताको परिचयपत्र दिएको थियो ।
मानसिक सन्तुलन गुमाएकी राधालाई विगत तीनवर्षदेखि घरमै बारबन्देज र खोर बनाएर थुनेर राखिएको छ । कक्षा–१० सम्म अध्ययन गरेकी राधाले २८ वर्ष पुगेपछि मानसिक सन्तुलन गुमाउनु भएको थियो ।
मानसिक सन्तुलन गुमेपछि राधाले घर छोडेर हिड्ने, भिर तिर जाने/बस्ने, अपशब्द बोल्ने, शरीरको कपडा खोल्नेजस्ता व्यवहार गरेपछि उहाँलाई उपचारमा काठमाण्डौ लगिएको थियो ।
तर, धेरै समय उपचार गराउन आर्थिक अभाव भएको र सुधार नभएपछि राधालाई घरमै ल्याएर राखिएको उनका बुबा बिन्द्रमान राईले बताउनुभयो । सहयोगी मनहरु भएमा राधाले पुर्नजीवन पाउने धेरैको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच