काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबूक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गर्नुभएको छ ।
उपमेयर डंगोलले ब्युरोलाई पत्रमार्फत पुनः आग्रह गरेको उहाँको सचिवालयले बुधवार विज्ञप्तिमार्फत जनाएको छ । एआई प्रविधिबाट तस्वीर र भिडियो एनिमेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी आफ्नो चरित्रहत्या भइरहेको उपमेयर डंगोलको गुनासो छ ।
यसअघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुन ब्यूरोलाई आग्रह गर्दै पत्र लेखेको छ ।
‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमको हस्ताक्षरसहितको पत्रमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच