काठमाडौं। प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधि सभामा सभामुख घिमिरेले उक्त विधेक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएका थिए ।
बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्षसम्म संक्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउन सकिएको थिएन । ऐनको अभावमा पीडितहरुले न्याय पाएका थिएनन् । प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ ।
राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइ राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक ऐनको रुपमा लागू हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच