सुनसरी । नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला इनरुवा नगर कमिटीको अध्यक्षमा सरोज बस्नेत निर्वाचित हुनुभएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी अध्यक्ष कुष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यमा भएको दोस्रो महाधिवेशनमा बस्नेतसहित २० जनाको कमिटी निर्वाचित भएको हो । जसको उपाध्यक्षमा रिवाज निरौला, महिला उपाध्यक्षमा इन्दु भट्टराई र सचिवमा कमल उपाध्याय निर्वाचित हुनुभएको छ ।
यस्तै, उपसचिवमा शर्मिला निरौला र नवीन चौधरी रहनुभएको छ । कोषाध्यक्षमा सावित्रा घिमिरेसहित १३ जना सदस्य निर्वाचित हुनुभएको छ । ‘खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मूलनारासहित सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीशप्रसाद कुसित, एमाले केन्द्रीय अनुशासन आयोग सदस्य पोस्टकुमार नेपाल, सुनसरी जिल्लाका कार्यबाहक अध्यक्ष पर्शुराम यादव, सुनसरी जिल्ला पूर्वअध्यक्ष खेमराज पोखरेल, नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सचिव विप्लव घोष, महासंघ केन्द्रीय स्थायी कमिटी सदस्य रोहित कोइरालालगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच