काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ । सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमी (एनसिए)मा दुई साता प्रशिक्षण गर्नेछ । यो अवसर क्यानको पहलमा बिसिसिआईले उपलब्ध गराएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृंखलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो । प्रशिक्षणमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भने सहभागी हुनुभएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच