काठमाडौं । साताको पहिलो र दोस्रो दिन उच्च अंकले बढेर तेस्रो कारोबार दिन मंगलबार सामान्य करेक्सन भएको सेयर बजार बुधबार फेरि उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ अंकमा पुगेको हो ।
बुधबार तीन सय ३२ कम्पनीका पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता सेयर दुर्ई लाख ४४ हजार १९ पटक कारोबार भई कारोबार रकम २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० पुगेको छ ।
जीवन बिमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घटेको छ भने अन्य सबै समूह बढेको छ । वित्त समूह सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ भने बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बिमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०. ८३ प्रतिशतले बढेको छ ।
नौवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने अपि पावर कम्पनीको सर्वाधिक २२ लाख ३७ हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच