काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिकाअन्तर्गतका विभिन्न स्थानमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रमा ग्राहकको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डाटा सेवा विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्यसमेत सम्पन्न गरेको हो ।
कम्पनीले जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुङ श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवाको क्षमता अभिवृद्धिका साथै द्रुत गतिको फोरजी सेवासमेत सञ्चालनमा ल्याएको छ । ल्हो, सामागाउँ तथा गमलाडाँडा क्षेत्रमा भिस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्समिसन लिंकले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवं क्षमता अभिवृद्धि तथा फोरजी सेवाका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको कम्पनीका प्रवक्ता किशोरकुमार भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रिपेडमा पनि स्वतः अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । जसअनुसार हाल प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनुपर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले स्टार १४१५ स्टार ७ हृयास डायलपछि उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए नभएको यकिन गर्न सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारतबाहेकका अन्य देशमा यस्तोे सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने सेवा उपयोग गर्न कम्पनीका ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड स्टार १४१५ स्टार ७ हृयास डायल गरी वा नेपाल टेलिकम एपमार्फत् अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत् हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत् भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । जसका लागि ती देशमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच