काठमाडौं । ज्योति विकास बैंकले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन १७ गते प्रकाशन गरेको सूचनाअनुसार उक्त पहलको सुरु गरेको हो ।
डिजिटल श्रेष्ठताको ध्येय थप सुदृढ गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यलगायतका लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडियन्ट इन्फो टेक प्रालिबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारुसँगै कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकले जनाएको छ । भविष्यमा समेत डिजिटल हस्ताक्षर प्रयोग बढाई आफ्नो कार्य प्रक्रिया पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच