काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या झन्डै ४० हजार पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले ३६ जनाको ज्यान लिएको छ बताएका छन् । ५४ जना घाइते भएका छन् ।
जसबाट कुल मृत्यु हुनेको संख्या ३९ हजार ९६५ पुगेको छ । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी-इजरायली संघर्ष शुरु भएदेखि ९२ हजार २९४ जना घाइते भएका छन् । त्यहाँ अझै पनि धेरै पीडितहरू भग्नावशेषमुनि र सडकहरूमा छन् ।
यसैबीच बुधवार मध्य गाजा पट्टीको नुसेरात शिविरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट सात जनाको मृत्यु भएको छ भने इजरायली सेनाले खान युनिस शहरको एक आवासीय अपार्टमेन्टमा बमबारी गर्दा चार जनाको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्थाले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधवार सेनाले दक्षिणी र मध्य गाजामा कारबाही जारी राखेको जनाएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच