मालपोत र नापी कार्यालयको लागि ४ कठ्ठा जग्गा प्रदान

सर्लाही । सलाहीको ईश्वरपुर नगरपालिका-७, बयलवासमा मालपोत र नापी कार्यालय स्थापनाका लागि शिवेन्द्र केसीले ४ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । बयलवासस्थित केशरमार्गमा शिवेन्द्र केसीले लाखौँ मूल्यको ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

ईश्वरपुरमा मालपोत र नापी कार्यालय स्थापना गरी ईश्वरपुरसहित पूर्वी भेगको चन्द्रनगर, हरिपूर्वालगायतका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्न पहल गरिरहेको ईश्वरपुरका मेयर मनोजकुमार आचार्यले बताउनुभयो।

जग्गादाता केसीले नगरपालिका कार्यालयमा आएर जग्गाको राजिनामापत्र बुझाउनुभएको छ। मेयर आचार्य, ईश्वरपुर नगरपालिका ७ का वडाध्यक्ष नाथुराम चौधरी, ईश्वरपुर नगरपालिका ९ का वडाध्यक्ष नन्दलाल चौधरी, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानप्रसाद श्रेष्ठलगायतको उपस्थितिमा जग्गादाता केसीले जग्गा हस्तान्तरण गर्नुभएको हो ।

अहिले मालपोत र नापी कार्यालयको काम सदरमुकाम मलङवा बाट संचालन भैरहेको छ। सदरमुकाम मलङवा जानका लागि समय र पैसा दुवै खर्च हुने भएकाले यसलाई बचत गर्न र स्थानीय नागरिकलाई सहजता प्रदान गर्नका लागि मालपोत र नापी कार्यालय स्थापना गर्नका लागि जग्गा प्रदान र्गन लागेको शिवेन्द्र केसीले बताउनु भयो । केसीले करिव २ करोड रुपैया बराबरको जग्गा प्रदान गर्नुभएको छ।

जग्गा प्राप्त गरेपछि नापी विभाग र भू-स्वामित्व व्यवस्थापन तथा अभिलेख विभागसँग सहकार्य गरी छिट्टै भवन निर्माण सुरु गरिने र यसबीचमा कार्यालय संचालनको लागि नगरले बनाएको व्यवसायी भवनबाट समेत सेवा प्रदान गर्न सहजता प्रदान गरिने नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?