जुम्ला । जुम्लामा साना तथा घरेलु उद्योग दर्ता गर्नेको क्रम बढ्दो रहेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार कार्यालय संचालन आएदेखी हालसम्म जिल्लामा विभिन्न प्रकृतिका ४ हजार २१६ उद्योग दर्ता भएको कार्यालय निमित्त प्रमुख विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०/८१ जिल्लामा २०४ नयाँ साना उद्योग दर्ता भएकाछन् उत्पादनमुलक उद्योगतर्फ १०,कृषि तथा वनजन्य उद्योगतर्फ १२२, पर्यटनमुलक होटोल उद्योगतर्फ ३५,सेवामुलक उद्योगतर्फ ३३, र पुर्वाधार ठेक्का पट्टातर्फ ४ गरी जम्मा दुई सय चार फर्म दर्ता भएकाहुन् । ८१ उद्योग खारेज भएको उक्त कार्यालयका निमित्त प्रमुख बानियाँले बताउनुभयो । कार्यालयले गत आवमा रु २४ लाख राजस्व सङ्कलन गरेको छ ।
सोही आवमा कार्यालय आएको पुँजीगत बजेट ३६ लाख र चालुतर्फ १ करोड ५० लाख बजेटमध्ये कुल बजेटको ७३ प्रतिशत खर्च गर्ने कार्यालय सफल भएको कार्यालयका निमित्त प्रमुख बानियाँको भनाइ छ । कार्यालयबाट गतवर्षमा यहाँका आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न प्रकारका सीपमुलक तालिम प्रदान गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जनाएको छ ।
देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेपनि उचित रोजगारी पाउन नसकेको यहाँका जुम्लाकावासि बताउँछन् । महिला उद्यमीलाई उद्योग दर्तादेखि व्यवसाय गर्न सरकारले सहुलियत प्रदान गर्दै आएको छ ।
देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेपनि रोजगारी दिन नसकेको तिला गाउँपालिका युवा उपराज रावतको भनाइ छ । साना तथा घरेलु उद्योगकेही सरकारबाट अनुदान लिनका लागी मात्र दर्ता भएको स्थानीय युवा रावतले बताउनुभयो । पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच