काठमाडौं । सन् २०२८ मा अमेरिकामा हुने एलए ओलम्पिकमा क्रिकेट समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को कार्यकारी बोर्डले मुम्बईमा क्रिकेटसहित पाँच खेल २०२८ को ओलम्पिकमा समावेश गर्ने आयोजकको प्रस्ताव स्वीकृत गरेको हो । योसँगै १२८ वर्षपछि पहिलोपटक ओलम्पिक्समा क्रिकेटलाई समावेश गरिएको हो । यसअघि क्रिकेट १९०० को ओलम्पिकमा मात्र समावेश थियो ।
खेल टी-२० फम्र्याटमा क्रिकेट खेलाइनेछ । दुवै पुरुष र महिला टोलीबीच प्रतिस्पर्धा गरिनेछ । सुरुवातमा आइसिसीले ६ महिला र ६ पुरुष टोलीबीच प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सन् १९०० को समावेश भएपश्चात् पहिलोपटक क्रिकेटलाई ओलम्पिक गेम्समा समावेश गरिएको हो । ओलम्पिक्समा क्रिकेट समावेश गर्न दुई वर्षको कडा मिहिनेत र प्रस्तावमा नेतृत्वदायी भूमिका खेलेको आइसिसीले जनाएको छ ।
टेलिभिजन र डिजिटल प्लेटफर्ममा ओलम्पिक गेम्सको तीन बिलियनभन्दा बढी दर्शक हुने अनुमान गरिएको छ । सो दर्शकमा क्रिकेट थपिँदा थप ऊर्जा प्राप्त हुने विश्वास आइसिसीले गरेको छ । यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्याउनेमा समेत आइसिसीको विश्वास छ ।
युवा ओलम्पिकमा १५ देखि १८ वर्षका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । युवा ओलम्पिकमा अहिलेसम्म ३२ खेललाई सहभागी गराइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच