रिलायन्स एजुकेशन नेटवर्कको नवौं आरपिमुन सम्मेलन सम्पन्न

काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कमा सञ्चालित रिलायन्स पब्लिक स्कुल नमुना संयुक्त राष्ट्रसंघ (आर.पि.मुन) को नवौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । साउन ३१, ३२ र भदौ १ गतेका दिन सञ्चालित उक्त कार्यक्रममा काठमाडौं उपत्यकालगायतका रूपन्देही, चितवन, धनुषा, नवलपुरलगायत २५ शैक्षिक संस्थाहरूका २२८ विद्यार्थीहरूले सहभागिता जनाएका थिए । रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष श्री रविन्द्रजंग थापाज्यूको अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि श्री मधुरमण आचार्यको प्रमुख आतिथित्यमा गर्नु भएको थियो ।

काठमाडौंको चाबहिलस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आठवटा समितिमा रहेर छलफलमा सहभागिता जनाएका थिए । ‘जहाँ युवा मस्तिष्कहरू वार्ताका लागि भेला हुन्छन्’ भन्ने मूल नाराका साथ तीन दिनसम्म चलेको सम्मेलनमा मानव जगतका जल्दाबल्दा समस्यामा व्यापक छलफल गरी विश्वबन्धुत्वको भावना, मानव अधिकार, जलवायु परिवर्तनलाई के कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा केन्द्रित भएर व्यापक छलफल गरी घोषणा पत्र जारी गर्दै सम्मेलन समापन गरियो ।

उक्त कार्यक्रमको समापन गर्दै रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक एवं सिनियर चार्टर एकाउन्टेन्ट राजुकुमार शिवाकोटीले सम्मेलनले आठ वटा समितिमा रहेका अध्यक्ष, सह-अध्यक्ष र मध्यस्थकर्तालाई मायाको चिनो हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले आपसी समझदारी गरी समस्याको निराकरण गर्न थप सहयोग पुग्ने कुरा बताउनुभयो ।

उक्त समापन समारोहमा २२८ प्रतिनिधिहरूमध्ये उत्कृष्ट प्रतिनिधि र अतिविशिष्ट प्रतिनिधि सदस्यहरूलाई पुरस्कृत गर्दै रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेज्यूले विद्यार्थीहरूमा कुटनीतिक क्षमताको अभिवृद्धि एवं सामुहिक रूपमा बहस गर्ने क्षमताको विकास हुने कुरा बताउनुभएको थियो । सम्मेलनको सञ्चालन आर.पि.मुन नवौं संस्कराका कन्फरेन्स डाइरेक्छर दिलिप नेपालले गर्नु भएको थियो । आर.पि.मुन.नवौं संस्करणका महासचिव तृष्णा बजगाईले अर्को वर्ष १०औं संस्करण भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *