कथित कोटिहोम तथा भागवत वाचनको नौटंकी समाप्त भएको छ । यो कोटिहोम कसले कुन प्रयोजनका लागि आयोजना गरेका हुन् र यसको आयोजक कस्ता पात्रलाई बनाए अब कतैबाट लुकेको छैन । यहाँ देश विदेशबाट आउने कथावाचक कस्ता हुन् र कोबाट सञ्चालित हुन्, कोटिहोमको समापन कुन बाबाबाट कुन विधिले गरियो त्यसबाट पनि यसको वास्तविकता थाहा हुन्छ । खुर्सानी र रुद्राक्षले होम गरिएको थियो । खुर्सानीको होम टुनामुनाको लागि हो भने रुद्राक्षको होम अहिलेसम्म नसुनिएको कुरा हो । रुद्राक्ष अर्थात् रुद्रको आँसुबाट बनेको वृक्षको फलबाट होम गर्नुपर्ने कारण के हो ?
इण्डियाका एकजना कथावाचक जो गण्डकी क्षेत्रलगायत नेपाल इण्डियाको हो भन्ने, यहाँ आएर भारत माता कि जय भने र भक्तजनहरूलाई भारत माता कि जय भन्न लगाए, चीनविरुद्ध विष बमन गरे । यसबाट यस यज्ञको आयोजक जेल काटेर जरिबानासमेत तिरेका एकजना व्यक्ति विजय पौडेल र पशुपति विकास कोषको भित्री उद्देश्य के रहेछ छर्लंग हुन्छ । यी तीनै कालीबाबा हुन् जसलाई दरबारियाहरूले राजा वीरेन्द्रसँग भेट गराई उनको भक्त हुन बाध्य पारे । नेपालका महान् सन्त योगी नरहरिनाथलाई जेल्न हाल्ने तर इण्डियाबाट आएका बाबाहरूलाई सम्मान गर्ने राजा वीरेन्द्रको लागि काल भएर आयो ।
जोर्ज सोरस, हिडेनबर्ग, फोर्ड फाउण्डेशन अर्बौं रूपैयाँ खर्च गरेर भाजपालाई हराउन लागिपरेका थिए । शायद मोदीले बिर्सेका छैनन् होला । इण्डियाले अब चीन र रुससँग गठबन्धन गरेर नेपाललाई साथ लिएर अघि नबढे भोलिका दिन इण्डियाका लागि प्रत्युत्पादक हुनेछ ।
तमाम मठमन्दिर र ज्योतिर्लिंग, तीर्थस्थानहरू नेपालमै छन् तर राजा वीरेन्द्र साईबाबालगायत इण्डियन फकिरहरूको चरणमा पुगे । उनी जस्तो सोझा तथा देशभक्त राजा दरबारियाहरूको चक्रव्यूहमा फसे तर राजा ज्ञानेन्द्र यस मामिलामा सतर्क देखिएका छन् । पञ्चायत कालको अवसानपछि नेपालको शासनमा विदेशी शक्तिको हातमाथि पर्दै गयो र गणतन्त्र आएपछि यहाँको सत्ताको साँचो विदेशीका हातमा गयो । यिनीहरूबाट देशको हित हुन्छ भनेर सोच्नु नै पागलपन हो । यहाँका शासक वर्गले कहिल्यै सच्चा नेपाली भएर नेपालका लागि सोचेनन् । यदि नेताहरूमा नेपाली हुनुको गौरव हुन्थ्यो भने आज यो देशको यस्तो दूरावस्था हुने थिएन ।
दैनिक काम चलाउन र भ्रष्टाचार गर्नमा मात्र यस सरकारमा बसेकोहरू लागेका छन् । इण्डियन विदेश सचिव विजय मिश्रीको नेपाल आगमनपछि एमसिसीका सेक्टर अपरेसन डाइरेक्टर मिचेल नेपाल आए । अहिले सरकार अमेरिकाको अनुकूल छ । यही मौकामा एमसिसीको द्रुत कार्यान्वयन र एसपिपी र सोफा सम्झौता अगाडि बढाउन उनको प्रयास हुनेछ । यी सम्झौताहरूबाट अमेरिकाले आफ्नो परियोजनालाई मूर्तरूप दिनेछ । सरकार अनुकूल भएकोले गोप्य सम्झौता भएको सम्भावना छ वा भविष्यमा हुनेछ । शेख हसिनाले मार्टिन बन्दरगाह उनीहरूलाई दिइनन् । शेख हसिनाले मार्टिन बन्दरगाह नदिएकाले अमेरिकाले उसलाई सत्ताच्यूत गराएको आरोप लगाएकोले तत्काल उसले उक्त बन्दरगाह लिने विचार त्याग्नुपर्ने हुन्छ ।
अहिले अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण बाक्लिएको छ । अमेरिकाप्रति भक्तिभाव राख्ने इण्डिया अब सच्चिनुपर्ने छ । जोर्ज सोरस, हिडेनबर्ग, फोर्ड फाउण्डेशनले अर्बौं रूपैयाँ खर्च गरेर भाजपालाई हराउन लागिपरेको थियो । शायद मोदीले बिर्सेका छैनन् होला । इण्डियाले अब चीन र रुससँग गठबन्धन गरेर नेपाललाई साथ लिएर अघि नबढे भोलिका दिन इण्डियाका लागि प्रत्युत्पादक हुनेछ । केरल जस्तो एउटा प्रान्तले संविधानविपरीत आफ्नो विदेश सचिव राखिसक्यो । केरल ख्रिष्टान बहुल राज्य भएकाले उसले स्वतन्त्र ख्रिष्टान राज्य बनाउन आन्दोलन नगर्ला भन्ने छैन ।
त्यसपछि द्रविडनाडू राष्ट्र बनाउने आन्दोलन शुरु हुन सक्छ । यी सबैमा कसको हात रहनेछ त्यो इण्डियाले सोचेकै होला । जनता जागिसकेपछि आफ्नो विशाल सैन्यबलले पनि त्यसलाई रोक्न सकिँदैन । सोभियत संघ जस्तो ठूलो तथा सैन्यबलले शक्तिशाली मुलुक त टुक्रियो । अहिले अमेरिकाले नेपाललाई ठूलो महत्व दिएको छ । एकपछि अर्को उच्च तहका अमेरिकी पदाधिकारीहरू नेपाल भ्रमण गरिरहेका छन् । मिचेलपछि अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्मा नेपाल आए । उनले पनि यहाँ राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्चस्तरीय नेताहरूसँग भेटघाट गरे । विकास, ऊर्जा आदिका बारेमा बाहिरी रूपमा छलफल भने पनि उनको उद्देश्य उही एमसिसी, एसपिपी, सोफा र अमेरिकी सैन्य बेसक्याम्प नेपालमा राख्ने सम्बन्धमा नै छलफल भएको हुनसक्छ ।
यस्ता भ्रमणहरू बारे बाहिर जुन मिडियामा आउँछ त्यो कहिल्यै सत्य हुँदैन । पर्दापछाडिको खेल बुझ्न समय लाग्छ, तबसम्म बितिसक्छ । यिनीपछि डोनाल्ड लुको गोप्य भ्रमण छ जुन राष्ट्रिय मिडियामा आएको छैन र आउँदैन पनि । यी डोनाल्ड लू ती अमेरिकी कूटनीतिज्ञ हुन् जसले श्रीलंका, पाकिस्तान, बंगलादेशमा भएको सत्ता परिवर्तनमा यिनले महत्वपूर्ण भूमिका खेलेका थिए । शेख हसिनाको पलायनको पाँच दिनअगाडि यिनको भ्रमण बंगलादेशमा भएको थियो । नेपाल अहिले इण्डियाबाट धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा घेराबन्दीमा परेको छ ।
हालै सम्पन्न कोटिहोम पनि त्यसको एक कडी हो जो पर्दापछाडि राष्ट्रिय स्वयं सेवक संघबाट आयोजना गरिएको थियो । त्यहाँ नेपालस्थित राष्ट्रिय स्वयं सेवक संघका पदाधिकारीलाई सम्मानित गरिएको थियो, नेपालमा राष्ट्रिय स्वयं सेवक संघको नाम हिन्दु स्वयं सेवक संघ हो ।
हालै सम्पन्न कोटिहोम पनि त्यसको एक कडी हो जो पर्दापछाडि राष्ट्रिय स्वयं सेवक संघबाट आयोजना गरिएको थियो । त्यहाँ नेपालस्थित राष्ट्रिय स्वयं सेवक संघका पदाधिकारीहरूलाई पनि सम्मानित गरिएको थियो, नेपालमा राष्ट्रिय स्वयं सेवक संघको नाम हिन्दु स्वयं सेवक संघ हो । इण्डियापछि सबैभन्दा ठूलो संगठन उसको नेपालमा छ भनेर उनीहरूले नै स्वीकार गरिसकेका छन् । नेपालमा आरएसएसको आठवटा जति संगठनहरूले काम गरिरहेका छन् । यहाँबाट उनीहरूका कार्यकर्तालाई इण्डिया लगेर अखण्ड भारतका लागि काम गर्न निर्देशन र प्रशिक्षण दिने गरेको हालै आरएसएस त्यागेको एकजना आरएसएसको कार्यकर्ताले आफ्नो अन्तर्वार्तामा भनेका छन् ।
उनको भनाइ अनुसार आरएसएसमा आर्मीका जर्नेल, सेनापति, प्रहरीका उच्च अधिकारीहरू र नोकरशाह पनि भएको र जो देशभक्त हुन् उनले आरएसएसको वास्तविकता बुझेपछि त्यसको सदस्यता त्याग गरेको भनेका छन् । उनीहरूका कार्यक्रममा उनीहरूका संस्थापकको तस्वीर राखेर माल्यार्पण गर्ने, हिन्दुत्वका बारेमा पढाउने, मुस्लिमको विरोध गर्ने आदि गरिन्छ । युवा र केटाकेटीलाई अनुशासन, संस्कार आदि राम्रो शिक्षा पनि दिन्छन्, जय श्रीराम पनि भन्न लगाउँछन्, नेपाल आमाको जय पनि भन्न लगाउँछन् ।
तत्कालका लागि नेपालीहरूलाई भ्रम छर्न यसो गरिन्छ । यतिमात्र हो र अहिले उनीहरूको विरोध चर्किएपछि उनीहरूको ज्ञान शिक्षामा बुद्ध, पृथ्वीनारायण शाह, भानुभक्त, योगी नरहरिनाथ, फाल्गुनान्द आदिका बारेमा पनि प्रश्न राख्ने गरेका छन् । यो सबै हात्तीको देखाउने दाँत हो । रअको सञ्जाल देशभरि नै छ । एउटा अनुमान अनुसार यहाँ नेता, कार्यकर्ता, नोकरशाह, पत्रकार, बुद्धिजीवी, अधिकारकर्मी, नागरिक समाज आदिका नेपालीहरूले रअका लागि काम गर्ने गरेका छन् । यसरी नेपाल इण्डियाको चक्रव्यूहमा फसेको छ । कथित सशस्त्र द्वन्द्वदेखि अहिलेसम्म पश्चिमाहरूको हरेक क्षेत्रमा पकड छ । अमेरिकाको पकड सशक्त छ ।
इण्डियन मूलका रिचर्ड आर बर्मा नेपालबाट इण्डिया गए । बाहिरी कारण जे देखाए पनि त्यहाँ उनीहरूले बंगलादेश र नेपाल सम्बन्धमै चर्चा गर्नेछन् । नेपालका शासक वर्ग भ्रष्टाचारमा यति गनाएका छन् कि यहाँका जनता शासक वर्गबाट असन्तुष्ट छन् । यही असन्तुष्टिलाई समातेर कसरी यहाँ कलर रेभ्युलेसन गराउने भन्ने योजनामा अमेरिकाको छ । उनीहरूका मागहरू पूरा नभएमा यी नेताहरूमाथि भ्रष्टाचारको विरुद्धमा आन्दोलनको हुरी ल्याउन सके यहाँ उसले आफ्ना विश्वासपात्रहरूको सरकार बनाउनेछ । हामीले अहिले जसलाई आदर्श नेताका रूपमा हेरिरहेका छौं, उनीहरू पनि कसैको विश्वासपात्र हुन सक्छन् ।
दुर्गा प्रसाईले आन्दोलनका लागि अहिलेसम्म ३५ करोड खर्च गरिसकेको छु र मंसिरमा हुने आन्दोलनमा दुई अर्ब खर्च गर्नेछु भनेका छन् । ऋणमा डुबेका व्यक्तिसँग यतिका पैसा कहाँबाट आउँछ ? बालेन र हर्क साम्पाङ एमालेको पकड भएको जिल्लाबाट स्वतन्त्र उम्मेदवारको रूपमा जित्ने र अपवादको रूपमा गोपी हमालबाहेक अन्य ठाउँका लोकप्रिय उम्मेदवारले नजित्ने कारण के होला ? गोपी हमाल कांग्रेसमा थिए र कांग्रेसबाट अलग भएर कांग्रेसकै पकेट एरियाबाट जितेका हुन् । बाहिर हामी जे देख्छौँ भित्र त्यो हुँदैन ।
नेपाल विदेशीको षड्यन्त्रमा फसिसकेको छ । धर्म र संस्कृतिको नाममा नेपाली जनतालाई मुर्ख बनाउन सजिलो छ, त्यो काम आरएसएसले मात्र होइन, इण्डियामा जन्मेका विभिन्न ढोंगी संगठन, सम्प्रदायहरू पनि नेपालको मौलिकता समाप्त पार्न लागिरहेका छन् र सोझा नेपालीहरू अन्जानमा त्यसमा फसिरहेका छन् र ख्रिष्टानीकरणले त राज्यकै संरक्षण पाएको छ । नेपाली जनताले धैर्य धारण गरेर एकचोटि घोत्लिएर नसोच्ने हो भने हामी यो चक्रव्यूहबाट बाहिर निस्कन सक्नेछैनौँ, झन फस्दै जानेछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच