
मुगु । लामो समय दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिएकी सरोजा बुढथापालाई हुमेन हर्मोनी अवार्डबाट सम्मानित गरिएको छ ।
बुढथापालाइ दुर्गम जिल्लामा बसेर कैयौ कठिनाइका बावजुत आमामा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान दिएको भन्दै मानव सदभाव नेपालले सम्मानित गरेको हो ।
महिला बालबालिका तथा जेष्टनागरिक मन्त्री नवल किसोर शाहले सोमबार एक कार्यक्रमका विच सामाजिक कार्यकता सरोजा बुढथापालाइ सम्मान सहित हुमेन हर्मोनी अवार्ड २०२४ हस्तान्तरण गर्नु भएको थियो ।
सम्मानित बुढथापाले मुगु जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत रहदा ३००० महिलालाइ स्वास्थ्य सस्था बाहिर र ५००० महिलालाइ स्वास्थ्य सस्थाहरुमा सुरक्षित प्रसुती गराउनु भएको थियो ।
माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्राय स्टाफहरु अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले भने कहिल्यै जिल्ला अस्पताल छोडनु भएन राती दिउँसो विभिन्न विरामिहरुलाइ सेवा दिनुभयो ।
सबैले अस्पताल छोडदा पनि तत्कालिन राज्य सत्ता सन्चालनमा सहयोग गरेको भन्दै माओवादिहरुले जिल्ला अस्पतालबाट उहाँलाई अपहरण गरेका थिए । १५ दिनसम्म अपहरित हुदा उहाले माओवादिका कयौ विरामी कार्यकताको उपचार गरेको सुनाउनु भयो ।
२०४३ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकि नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गर्नुभयो ।देश संघीयता गएपछी कर्मचारीहरु तीन तहका सरकार मातहतमा समायोजन भए म पनि स्थानिय तहमा समायोजन भए मलाइ जुम्ला जिल्लाको हिमा गाउँपालिकामा खटाइयो ।
जुम्ला जिल्लाको दुर्गम पालिमा पनि मुगु पछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटि थियो तर मलाइ गाउपालिकाले पद अनुसारको काम दिएन मैले १ वर्ष कामविहिन भएर दिन विताउनु पर्यो अन्तत मैले आफ्नो सेवा अवधी हुँदै ३ वर्ष अगावै राजिनामा दिए सरोजा बुढथापा सुनाउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘सेवानिर्वृत भएपनी अब म जेष्टनागरिक,आमा तथा बालबालिकाहरुको सेवा तल्लिन रहने छु । यहाँसम्म आइपुग्दा विभिन्न समयमा मलाइ सहयोग गर्ने सहपाठी कर्मचारी लगायत सबैलाइ धन्यवाद दिन चाहन्छु र आभार व्यक्त गर्दछु ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच