बेला बेलामा विभिन्न महामारीहरूको जोखिममा मानव सभ्यता पर्दै आएको छ । एउटा प्रकोपको नियन्त्रण हुँदै जान्छ तर अर्को प्रकारको प्रकोप देखा पर्दै आउने गरेको छ । मानव सभ्यताले अहिलेसम्म यस्ता अनेकौं प्रकोपहरूको सामना गरिसकेको छ । अब फेरि अर्को प्रकोपको जोखिम देखिएको छ । मंकिपक्स भनेर चिनिने यस प्रकोपको संक्रमण विश्वका केही देशहरूमा देखिएको छ । अब यसले नेपालमा पनि आफ्नो प्रभाव फैलाउने सम्भावना रहेको विज्ञहरूको आशंका छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो हो भन्ने प्रसिद्ध भनाइलाई हृदयंगम गर्दै नेपालमा यसको रोकथामका लागि केही व्यवस्था गरेको जानकारी आइरहेको छ । कस्तो व्यवस्था र कति तयारी हो लेखाजोखा हुन बाँकी नै छ । हाम्रो देशमा यस्ता विषयमा तदारुकता अपनाइँदैन र प्रकोपले आफ्नो प्रभाव देखाउन थालेपछि मात्र हतारमा त्यस्ता प्रभावको समाधान खोज्ने गरिन्छ ।
विगतका अनुभवबाट यस्तो देखिएको छ । यस्ता केही प्रकोपहरू मौसमअनुसार वर्षैपिच्छे दोहोरिइरहन्छन् । कुनै बर्खामा देखा पर्छन् भने कुनै चिसो समयमा देखा पर्ने गर्छन् । वर्षौंवर्षदेखि देखिँदै आएका यस्ता प्रकोपहरू पनि जोखिमी छन् तर स्थायी जस्ता बनेर पटक-पटक दोहोरिने गर्छन् । औलो, हैजा, डेंगु यस प्रकारका प्रकोप हुन् । यी धेरै पहिलेदेखि देखा पर्दै आएका छन् र वर्षैपिच्छे देखापर्छन् । ठूलो संख्यामा मानवीय क्षति पु¥याउँदै आएका यस्ता महामारीहरूमा पछिल्लो समयमा औषधि विज्ञानको विकासले गर्दा न्यूनीकरण भने भएको छ । मध्ययुगीन केही खतरनाक प्रकोपहरू हालका दिनमा देखापरेका छैनन् । तिनको उन्मूलन गरिएको छ तर विज्ञहरूले कुनै पनि यस्ता प्रकोहरूको उन्मूलन गरिएको भनिए तापनि वास्तविक रूपमा तिनको पूर्णरूपमा उन्मूलन हुँदैन, ती नियन्त्रित रूपमा कतै रहेका हुन्छन् ।
तिनले आफ्नो अनुकूल उचित मौका पाए भने फेरि पनि ती महामारीहरू देखापर्न सक्छन् । बिफर र प्लेग जस्ता महामारी पुनः देखा परे भने मानवीय सभ्यताको विनाश हुन पनि सक्छ भनिएको छ । उन्नाईसौं शताब्दीमा प्लेगले युरोपलाई सखाप पारेको थियो । एशिया पनि यसबाट प्रभावित थियो । बिफर त उन्मूलन भएको त्यति लामो समय भएको छैन । नेपालबाट २०३४ सालमा बिफर उन्मूलन भएको थियो । अहिले पनि रुबेला, दादुरा, पोलियो, इन्सेफ्लाइटिस, मेनेनजाइटिसलगायत प्रकोपहरू छँदैछन् । एकताका ठेउला, पानीस्वाराहरूले बालबालिकालाई प्रभावित पार्ने गर्थे, हालसम्म पनि यी प्रकोपहरू रहिरहेकै छन् तर यिनलाई पहिले पहिले जति दुसाध्य मानिँदैन । टिबी रोगको उपचार हुन लागेपछि केही मत्थर भएको छ ।
एकताका कुष्ठरोगलाई महारोग ठानिन्थ्यो । यो निको नहुने रोगमा पथ्र्यो र पूर्वजन्मको पापले गर्दा कुष्ठरोग लाग्छ भन्ने सोचले गर्दा यो रोग लागेको मानिसलाई कसैले पनि छुँदैनथे । यो सरुवा रोग भए पनि एकदम ढिलो सथ्र्यो । शरीरका अंगहरू पाक्ने र झर्ने यस्तो रोग हालका दिनमा निको हुने रोगमा पर्छ । पछिल्लो समयमा एड्स, सार्स, बर्डफ्यु, स्वाइनफ्यु जस्ता महामारीहरू पनि देखापरे । तिनको नियन्त्रण पनि हुँदै गयो तर ती भन्दा अझै खतरनाक महामारीहरू देखापरे । अहिले पनि यस्ता केही प्रकोपहरू छँदैछन् । हैजा, डेंगु, मेनेन्जाइटिस, इन्सेफ्लाइटिसहरूको प्रभाव छँदैछ तर यिनका विरुद्धको औषधि पाइन्छ । कोरोना भनेर चिनिएको कोभिड-१९ सबैभन्दा पछिल्लो समयमा देखापरेको सबैभन्दा ठूलो महामारी हो ।
यसको प्रभाव अहिले पनि बाँकी छ तर अब यसलाई डरलाग्दो महामारी मान्न छोडिएको छ । वर्तमान पुस्ताका सबैले तीन-चार वर्षपहिले भोगेको र अनुभव गरेको यो कोरोना पछिल्लो समयको सबैभन्दा ठूलो महामारी हो । यो तत्कालीन समयको प्लेग जत्तिकै खतरनाक रूपमा सुरुमा प्रकट भएको थियो तर केही वर्षमा यसविरुद्धको औषधि बनेपछि अनेकौं भेरियन्ट विकास गर्दै अगाडि बढेको कोरोना मानिसको नियन्त्रणमा आयो । चाल्र्स डार्बिनले प्रकृतिले आफ्नो सन्तुलन आफैं मिलाउँछ भनेका छन् । उनले जनसंख्याको नियन्त्रणमा पनि प्रकृतिले नै यसो गर्छ भन्ने मान्यता राखेका छन् । बेला-बेलामा देखिने यस्ता प्रकोप र प्राकृतिक विपत्तिहरूबाट मानवीय क्षति भएर जनसंख्या नियन्त्रणमा आएको अर्थमा यस क्षेत्रका विज्ञहरूले बुझ्ने गरेका छन् ।
कोराना नियन्त्रणमा आएको छ तर हाल मंकिपक्सको प्रभाव फैलिइरहेको छ । अफ्रिकी महादेशबाट सुरु भएर अन्य महादेशहरूसम्म विस्तार भएको यो महामारी हाम्रो निकटको देश पाकिस्तानसम्म आइपुगेको छ । अफ्रिकाबाट पाकिस्तासम्म आइपुगेको यो महामारी त्यहाँबाट नेपालसम्म आइपुग्न लामो समय लाग्दैन । त्यसैले नेपाल यसको उच्च जोखिममा छ । नेपाल सरकारले यसलाई विचार गरेर आवश्यक सतर्कता अपनाएको बताएको छ । तयारी पनि गरेको जनाएको छ । देशका सबै अस्पतालहरूमा चिकित्सकको व्यवस्था गरेको जनाएको हुँदा सरकार सचेत रहेको छ भन्ने बुझिन्छ । कतिपय अवस्थामा नेपाल सरकारले घरमा आगलागी भइसकेपछि इनार खनेको भनेजस्तो ढंगले काम गर्ने गरेको पाइन्थ्यो तर यस सन्दर्भमा भने सरकार सचेत रहेको पाइएको छ ।
ज्वरो आउने, डाढ दुख्ने, सुन्निने, शरीरमा डाबर आउने जस्ता लक्षणहरू देखापर्ने यो महामारी संक्रमित मानिसहरूको सम्पर्क तथा सम्सर्गबाट सर्ने गर्छ । विशेष गरी छालामा स्पर्श हुने कामबाट पर रहनाले यस संक्रमणबाट जोगिन सकिने बताइएको छ । यसरी यस्ता जुनसुकै महामारी देखा परे पनि त्यसबाट जोगिने सबैभन्दा ठूलो उपाय भनेको सावधानी नै हो । सबै जनाले यस्ता महामारीबाट जोगिन आ–आफ्नो ठाउँबाट सचेतता आपनाउनुपर्ने हुन्छ । आफू सुरक्षित रहन सबैले यस्ता सावधानी अपनाउनु आवश्यक छ र सरकारले पनि आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि समयमा नै उचित व्यवस्था गर्नु जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच